अष्टलक्ष्मी शाक्य सर्वाधिक लोकप्रीय, ल्याइन् सबैभन्दा धेरै मत

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनअन्तरर्गतको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमालेको उपाध्यक्षको ७ उम्मेदवारहरुमध्ये अष्टलक्ष्मी शाक्य सर्वाधिक लोकप्रीय मत ल्याउन सफल भइन्।

उनले खसेको २ हजार ९६ मतमध्ये १९७६ मत ल्याइन्। एमालेको निर्वाचन भएका पदहरुमध्ये शाक्यले प्राप्त गरेको मत सर्वाधिक हो। उनी नवौं महाधिवेशनमा पनि निर्वाचित उपाध्यक्ष हुन्। त्यतिबेला उनी चौंथो स्थानमा पुगेकी थिइन्।

एमालेको राजनीतिमा लामो योगदान गरेकी शाक्य पार्टी फुट्दा माधव नेपालको साथ छाडेकी थिइन्। उनले कहिले पनि फुटको पक्षमा नजाने बरु संघर्ष गर्ने घोषणा गर्दै आएकी छिन्। यसकारण पनि उनलाई एमालेमा लोकप्रीय बनायो। बागमती प्रदेशको मुख्यमन्त्री समेत बनिसकेकी शाक्य निष्ठाको राजनीति गर्ने नेताका रुपमा परिचित छिन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×