काठमाडौँ - उज्बेकिस्तानको राजधानी तास्कन्दमा तीन दिनसम्म लिफ्टमा फसेकी एक महिलाको मृत्यु भएको छ।
३२ वर्षीया महिलाले तीन दिनसम्म लिफ्ट भित्रैबाट सहयोगको याचना गरिरहेकी थिइन्। उनलाई बचाउन कोही नआएपछि अन्ततः उनको लिफ्टभित्रै मृत्यु भयो।
ओल्गा लियोन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेकी थिइन्। जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन्। प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो। यस क्रममा लिओन्टिभा लिफ्टमा एक्लै थिइन्।
रिपोर्टका अनुसार ३२ वर्षीया ओल्गा लियोन्टेभा तीन सन्तानकी आमा हुन र उनी डिलिवरी चालकको रूपमा काम गर्थिन्। दैनिकजस्तै घटनाको दिन पनि उनी काममा गएकी थिइन् तर राति अबेरसम्म घर नफर्केपछि उनका आफन्तले साउन २४ गते प्रहरीमा हराएको उजुरी दिएका थिए। त्यसपछि बेपत्ता महिलाको खोजी सुरु भयो। अनुसन्धानपछि प्रहरीले समान पुरयाउन गएकी महिलाको लिफ्टमा शव फेला पारेको थियो।
यस विषयमा अधिकारीहरुले अनुसन्धान थालेका छन्।