हलिउड निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक

काठमाडौँ - हलिउड निर्देशक क्रिस्टोफर नोलनले आफ्नो आगामी फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक गरेका छन्।

ट्रेलरले फिल्मको मुख्य कथावस्तु परमाणु बम आविष्कारकको कथा भन्छ। परमाणु बम आविष्कार गर्ने जे रोबर्ट ओपेनहाइमरलाई फिल्मले पछ्याउँछ, जहाँ उनको भूमिकामा सिलियन मर्फीले अभिनय गरेका छन्।

ट्रेलर सिलियन मर्फीबाट सुरु हुन्छ, जसमा जे रोबर्ट ओपेनहाइमरले मानव विवेकमाथि प्रश्न उठाएका थिए। ट्रेलरले बमलाई मरुभूमिमा परीक्षण गर्न गइरहेको टोलीलाई देखाउँछ। बम निर्माण गर्ने यो कार्य संसारबाट लुकाइन्छ। उक्त समयमा ओपेनहाइमरले यस्तो खाले कार्यलाई संसारले जान्नु र बुझ्नुपर्छ भनेर प्रश्न उठाएका थिए।

भेराइटी म्यागजिनका अनुसार यो फिल्म काई बर्ड र लेट मार्टिन जे शेर्विनको उपन्यास ‘अमेरिकन प्रोमेथियस: द ट्राइम्फ एण्ड ट्रयाकी जेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित छ।

म्यानहटन परियोजना समेत भनिने उक्त कार्य सन् १९४२ देखि १९४६ सम्म भएको एक सरकारी अनुसन्धान परियोजना थियो, जुन आणविक हतियार निर्माणको वरिपरि केन्द्रित थियो। ओपेनहाइमर लस अलामोस प्रयोगशालाका निर्देशक पनि थिए, जहाँ बमलाई भौतिक रूपमा जडान गर्ने कार्य हुन्थ्यो।

सिलियन मर्फीबाहेक कलाकारमा फ्लोरेन्स पग, एमिली ब्लन्ट, रोबर्ट डाउनी जुनियर, म्याट डेमन, ग्यारी ओल्डम्यान, रामी माले पनि छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×