लमजुङको बेंसीशहरमा तीज उत्सव हुने

लमजुङ - हरितालिका तीजको अवसरमा लमजुङको बेंसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ। बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ तीज उत्सव आयोजना गर्न लागेको हो। क्लबले शनिबार  बेंसीशहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उत्सवबारे जानकारी गराएको छ।

क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध साँस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताएका छन्। उनका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमितिहरू गठन गरिएको छ। कार्यक्रमका लागि करिव ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ।

उत्सवको अवसरमा भदौ ९,१० र ११ गते फूलबारी मञ्चमा सातौ खुल्ला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजय कुमार श्रेष्ठले बताएका छन्। क्लबले खेलकुद प्रतियोगितासँगै तीजको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ।

क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र , सान्त्वना पुरस्कार २ समूहलाई १०-१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

कोरोनाका कारण २ बर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक सञ्चालन गर्न लागिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×