चर्चामा अलराउन्डर सीताको 'पुष्पा सेलिब्रेसन'

काठमाडौँ - दक्षिण भारतीय चलचित्र 'पुष्पा : द राइज' व्यावसायिक हिसाबले अत्यन्तै सफल भयो। साथसाथै यसका संवाद र कलाकारका हाउभाउ पनि लोकप्रिय बनिरहेका छन्। बलिउडलाई टक्कर दिँदै दक्षिण भारतीय चलचित्र संसारभर लोकप्रिय भइरहेको छ।नागार्जुन, वेंकटेश, प्रभास र अल्लु अर्जुन पनि यतिबेला चलचित्रप्रेमीका मुखमा झुन्डिएका दक्षिण भारतीय नाम हुन्।

'पुष्पा' मा अल्लु अर्जुनको 'पुष्पा झुकेगा नहीं' शैलीलाई यतिबेला कलाकारदेखि खेलाडीसम्मले पछ्याएका छन्। त्यसको प्रभाव नेपाली खेलाडीसम्म परेको देखिन्छ। एक महिना अगाडि पपुवा न्युगिनीविरुद्ध विकेट लिएपछि करण केसीले‘झुकेगा नहीं’ शैलीमा सेलिब्रेसन गरेका थिए।

पछिल्लो समय त्यही सेलिब्रेसनलाई पछ्याएकी नेपालकी अलराउन्डर क्रिकेटर सीता राना मगर सामाजिक सञ्जालमा चर्चित भएकी छिन्। दुबईमा जारी फेयरब्रेक इन्भिटेसनल टुर्नामेन्टमा विकेट लिएपछि सीताले 'पुष्पा' शैलीमा सेलिब्रेसन गरेकी थिइन् ।

द टोर्नाडोजमार्फत खेलिरहेकी सीताले मे ६ मा द साउथ कोस्ट सफायरका खेलाडीको विकेट लिएपछि सेलिब्रेसन गरेकी हुन्। त्यस्तै उनले फिल्डिङका क्रममा क्याच लिएपछि पनि सोही शैलीमा खुसियाली मनाएकी थिइन्।

सीताले 'पुष्पा' का मुख्य कलाकार अर्जुनको शैली नेपालीहरूको पहिचानसँग पनि मेल खाने भएकाले सेलिब्रेसनमा प्रयोग गरेको बताएकी छिन्। उनले भनेकी छिन्, 'नेपालीहरू वीर गोर्खालीका रूपमा पनि परिचित छन्। 'पुष्पा' को शैली नेपालीहरूसँग पनि मेल खान्छ, त्यसैले मैले सेलिब्रेसनका क्रममा त्यसो गरेकी हुँ।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×