क्यानडामा चक्कु प्रहारको घटना: पक्राउ परेका अभियुक्तको मृत्यु

काठमाडौँ - क्यानडामा १० जनाको ज्यान लिने गरी भएको चक्कु प्रहारको घटनामा पक्राउ गरिएका अभियुक्तको स्वप्रेरित चोटका कारण मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। माइल्स स्यान्डरसनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको केही समयमा नै उनको मृत्युको भएको द गार्जियन र क्यानेडियन सञ्चारमाध्यम ग्लोबल न्युजले जनाएको हो।

सास्काटुन सहर नजिकै एउटा सेतो एसयूभीलाई कम्तीमा १० वटा प्रहरीको गाडीले घेरेको देखिएको थियो। उनलाई पक्राउ गरेपछि एम्बुलेन्समा सास्काटुनको रोयल विश्वविद्यालयको अस्पतालमा पठाइएको थियो। ३२ वर्षीय स्यान्डरसनमाथि जेम्स स्मिथ क्रि नेसनमा हत्याका एकभन्दा बढी उजुरीहरू रहेका थिए। केही दिन अघि भएको घटनामा कम्तीमा १८ जना घाइतेसमेत भएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×