“मंसिर २२ मा प्रधानमन्त्री–प्रसाईं संवाद, राजनीतिक र सामाजिक विषयमा छलफल”

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच मंसिर २२ गते औपचारिक भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री कार्यालयले मंगलबार प्रसाईंलाई दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन औपचारिक पत्र पठाएको हो। उक्त पत्र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई प्रेषित गरेका छन्।

हालै सरकारविरुद्ध विभिन्न आन्दोलन, विरोध तथा माग राख्दै आएका प्रसाईंले यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि छलफल गरेका थिए। सरकार–प्रसाईं संवाद प्रक्रियालाई निरन्तरता दिन प्रधानमन्त्री स्तरमै भेट वार्ता तय गरिएको स्रोतहरूले बताएका छन्।

यसैबीच, प्रधानमन्त्री कार्यालयले प्रसाईंसँगको छलफलमा मुलुकको राजनीतिक स्थिरता, सुरक्षा अवस्था र आन्दोलनका मागबारे विस्तृत कुराकानी हुने अपेक्षा राखेको जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×