विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

काठमाडौं  – नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको छ। संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनसिप –२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ।

आगमी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल शहरमा हुने १२औं विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्।  ४८ केजी तौल समुहमा सुष्मा तामाङ, ५२ केजी तौल समुहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समुहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३औँ साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी ४ जना खेलाडीहरुदे गत महिना नै थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर आएका हुन्। जसमध्ये पुनम रावलले काँस्य पदक जितेकी थिईन। रावलले जितेको पदक १२ वर्षपछिको नेपालले जितेको पदक हो। १२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दिपक महर्जनले काँस्य पदक जितेका थिए।

खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईवा थ्री स्टार प्रशिक्षक दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र साँझ प्रशिक्षण दिईरहेका छन्। च्याम्पियनसिपमा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन्।

च्याम्पियनसिपमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख, ५० हजार र २५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छ। आसन्न १९औँ एशियन गेम्स (एसियाड) को तयारीको लागि यो प्रतियोगिता अति महत्वपूर्ण हुने संघले विश्वास लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×