इस्कोलाई सेभियामा २२ नम्बरको जर्सी

काठमाडौँ - मिडफिल्डर इस्कोले स्पेनिस क्लब सेभियामा २२ नम्बरको जर्सी लगाउने भएका छन्। रियाल मड्रिडबाट हालै ३० वर्षीय मिडफिल्डर इस्को फ्री ट्रान्सफरमार्फत् मिडफिल्डर सेभियामा अनुबन्धित भएका हुन्।

सेभियाले इस्कोसँग औपचारिकरूपमा २ वर्षको लागि सम्झौता गरेको छ। इस्कोले सिजनको अन्त्यसँगै रियाल छाडेका थिए।उनले ९ वर्ष बिताएर रियल छाडेका हुन्। उनी सन् २०१३ मा मालागाबाट रियल आएका थिए।

रियालका लागि इस्कोले ३५२ खेलमा ५३ गोल गरेका थिए। जसमा उनको ५६ असिस्ट रहेको छ। गत सिजन रियालका लागि उनले १३ खेल खेलेका थिए।

इस्कोले रियालबाट चार च्याम्पियन्स लिग र तिन ला लिगा जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×