लडेर एक मजदुरको मृत्यु

काठमाडौँ। सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शुभेष अधिकारीले जानकारी दिए।

माझी गए राति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए। लडेर घाइते भएका माझीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले बताए।

माझी उत्तर दक्षिण कोसी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन्। उनी केही महिनायता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए। उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×