काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले नयाँ सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। युनाईटेडले सन् २०२२-२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो।
युनाईटेडले नयाँ जर्सी ट्रेडमार्क रातो रंग प्रयोग गर्दै आकर्षक बनाएको छ। अघिल्लो सिजनको भन्दा केही फरक डिजाइन गरिएको छ।
युनाईटेडको नयाँ जर्सी एडिडास कम्पनीले बनाएको हो। युनाईटेडले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ।