काठमाडौँ l नेपाली चलचित्र 'सुनचाँदी'मा भएको ‘…हे संगीता’को रिमेक गरिने भएको छ l गीतको रिमेकमा पनि संगीतकर्मी शम्भुजित बाँस्कोटाकै आवाज रहनेछ l गीतको रिमेक नेपाली चलचित्र ‘लप्पन छप्पन २’का लागि गरिन लागेको हो l गीतको छायांकन आउने महिना गरिनेछ l निर्देशक मुकुन्द भट्टका अनुसार गीतको मर्म नमर्ने गरी आइटम डान्समा कास्ट गर्ने तयारी निर्माण पक्षको रहेको छ l पुरानो गीतमा शम्भुजित र देविका वन्दनाको आवाज रहेको छl जसमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठको अभिनय रहेको छ l शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व .दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट आदि कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लप्पन छप्पन २’ फाल्गुन १३ गते बाट प्रदर्शनमा आउनेछ।