आचार्य गोपालको लघु चलचित्र ‘आखत’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - आचार्य गोपालको निर्देशन तथा लेखनमा बनेको लघु चलचित्र 'आखत' को ट्रेलर सार्वजनिक भएको छ।

'आखत' अन्तर्राष्ट्रिय तथा राष्ट्रिय फिल्म महोत्सवमा छनोट तथा प्रिमियर भएको थियो। जर्मनीको 'फिल्म स्कुल फेस्ट म्युनिच', रसियाको 'भिजेआइके फिल्म स्कुल फेस्टिभल', बेलायतको 'लण्डन सर्ट फिल्म फेस्टिभल', नेपालको 'निफ' लगायतका महोत्सवहरूमा फिल्मको प्रदर्शन भइसकेको छ।

दृश्य लय सिनेमाको प्रस्तुती रहेको फिल्ममा नेपालको पहाडी भेगका १ धामीको कथालाई प्रस्तुत गरिएको छ।

'चलचित्रमा मौलिक विषयवस्तुलाई काव्यिक ढंगले प्रस्तुत गरिएको छ। चलचित्रले कथा मात्र होइन चलचित्रको फ्रेमभित्र चलिरहेको समयको अनुभूति प्रदान गर्नेछ,' निर्देशक आचार्यले भने।

चलचित्रमा डा. रुविना जि रसाइली, राेसिक पाठक र शंकर धितालकाे लगानी रहेकाे छ। चलचित्रमा नरबहादुर गाहा र गणेश गाहा मगरको अभिनय रहेको छ। अंकित पाैडेलले छायांकन गरेकाे चलचित्रलाई सन्दिप श्रेष्ठले सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×