प्रभास र दीपिका ‘प्रोजेक्ट के’को छायांकन सुरु गर्दै

 

भारत। दक्षिण भारतीय अभिनेता प्रभास र दीपिका पादुकोणको आउँदो चलचित्र ‘प्रोजेक्ट के’ निर्माणकै क्रममा चर्चामा रहेको छ। यसैबिच खबर आएको छ कि प्रभास-दीपिकाले यही हप्तादेखि हैदरावादमा चलचित्रको दोस्रो शेड्युलको छायांकन सुरु गर्ने भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार हाल चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको छ। यो दोस्रो शेड्युलमा प्रभास–दीपिकाले चलचित्रका केही मुख्य दृश्यको छायांकन सक्नेछन्।

खबरका अनुसार यो साइन्स फिक्शन चलचित्रको यस चरणको छायांकनमा अमिताभ बच्चन पनि जोडिने छन्। चलचित्रमा नाग अश्विनको निर्देशन रहनेछ। चलचित्रका लागि प्रभासले २०० दिनको समय छुट्ट्याएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×