भारत। बलिउड अभिनेत्री विद्या बालनले बलिउड चलचित्र उद्योगमा आफ्नो बेग्लै पहिचान बनाईसकेकी छिन्। सामाजिक सञ्जालमा सोमबार उनले ‘आस्क मी एनिथिङ’ भन्दै आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया गरेकी थिइन्। सोहि बेला एक प्रशंसकले उनलाई 'तपाई किन हट फोटोशुट गर्नुहुन्न?' भन्दै सोधेका थिए। जसको जवाफ उनले रमाइलो तरिकाले दिएकी छिन्।
जवाफ दिँदै विद्याले भनिन्– ‘गर्मी भइरहेको छ र म सुटिङ गरिरहेको छु। त्यसैले भएन त हट फोटोसुट।' उनको यो जवाफले प्रशंसकहरुले उनको सेन्स अफ ह्युमरको तारिफ गरेका छन्। सो अन्तरक्रियामा उनले आफ्नो तौल, आगामी चलचित्र, डाइट आदि धेरै प्रश्नको जवाफ दिएकी थिइन्। उनले आफुलाई मनपर्ने अभिनेत्री आलिया भट्ट रहेको पनि बताएकी थिइन्।
