काठमाडौँ। शान्ती श्री परियार र समिक्षा अधिकारिको आवाज रहेको गीत 'अष्ट्रेलिया बस्ने केटाले' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा नेत्र अर्यालको शब्द तथा कमल बिसीको संगीत रहेको छ। त्यसैगरि महेन्द्र भण्डारीको संयोजन रहेको छ। गीतको भिडियोमा गोविन्द भट्टराई, उषा उप्रेती, गीता ढुंगाना आदि कलाकारहरुको अभिनय रहेको छ। काजिस श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'बिशाल इन्टरटेनमेन्ट'बाट सार्वजनिक गरिएको हो।
भिडियो: