हेर्नुहोस् नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर

काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रको ट्रेलर सोमबार 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। जसमा विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, एभरेष्ट सूर्य बोहरा आदि कलकारहरुलाई देख्न सकिन्छ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रमा सिर्जना जोशी महर्जन कार्यकारी निर्माता, हीरा जोशी र विक्रम डी जोशी निर्माता रहेका छन् भने पुरुषोत्तम प्रधानको छायांकन, विष्णु देवाको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, सूर्य बोहरा र अभिमन्यू निरबीको पटकथा तथा संवाद रहेको छ।

चलचित्र चैत ११ गतेबाट प्रदर्शनमा आउन लागेको हो। चलचित्रको छायांकन नेपाल र लण्डनमा गरिएको हो। महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र सत्य घटनामा आधारित रहेको बताईएको छ।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×