काठमाडौँ - काठमाडौँको शंखमुलमा राइझुमा लँज् सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लँज् सञ्चालनमा आएको हो। राइझुमाको उद्घाटन देउडा गायक यज्ञराज उपाध्यायले गरेका छन्। राइझुमा बोलको चर्चित देउडा गीत उनै उपाध्यायले गाएका हुन्।
‘राइझुमा निकै प्रिय गीत हो। यो देश विदेशमा नै निकै चर्चित छ। यो शब्द पनि निकै प्रिय छ। त्यसैले हामीले लँजको नाम राइझुमा राखेका हौं,’ राइझुमा लँजका सञ्चालक केशव चन्दले भने, ‘झनै यसको उद्घाटन राइझुमाकै स्रष्टाबाट गराउन पाउँदा हामी निकै खुसी छौँ।’
उनले लँजमा सातामा १ पटक सुदूरपश्चिमका साथै नेपाली संस्कृति झल्किने खालका साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुत गरिनेसमेत बताएका छन्। खानामा पनि अर्ग्यानिकतामा जोड दिने चन्दको भनाइ रहेको छ। प्राज्ञ उपाध्यायले २०४१ सालमा सार्वजनिक भएको आफ्नो चर्चित गीतका नामबाट लँज् सञ्चालन गरेकोमा खुसी व्यक्त गरेका छन्। उनले गीतलेझैँ लँजले पनि सबैको मन जित्दै जाओस् भन्दै शुभकामना समेत दिएका छन्।
चैतन्य एकेडेमीका सिइओ गणेश जोशीले राइझुमाको सफलताको शुभकामना दिएका थिए। उनले राइझुमाले नाम जस्तै अर्ग्यानिक सेवा पस्किने कुरामा ध्यान दिनेमा आफू विश्वस्त रहेको बताएका छन्। कार्यक्रममा चर्चित लोक देउडा गायिका गौरी भट्ट, पर्यटन व्यवसायी अमरबहादुर शाही, शिक्षा सेवी उदय प्रताप सिंहलगायतको सहभागिता रहेको थियो।