लेडी-एक्सन फिल्म ‘आँधी तुफान २’को प्रदर्शन मिति तय

काठमाडौं - कोरोना महामारीको समयमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान २’को प्रदर्शन मिति घोषणा भएको छ। बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै साउन २० गतेलाई रिलिज मिति तय गरिएको हो।

 फिल्मलाई नारीप्रधान बताइएको छ। मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन्।  फिल्म २०६३ सालमा निर्माण भएको फिल्म‘आँधी तुफान’को सिक्वेल हो।

ओमसाई भक्त मुभी प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा रवि गिरी, पुष्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, विन्दिया ठकुरी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ।।

फिल्ममा रामशरण उपे्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत रहेको छ भने मन्दिल श्रेष्ठले सम्पादन छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×