सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले

ओखलढुङ्गा - सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले ६ हजार ७९१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत प्राप्त गरे।  

उपप्रमुखमा नेकपा एमालेका केदारबाबु बस्नेतले ५ हजार ६९८ मत प्राप्त गरी विजयी भएका छन्। उनका  निकटतम् प्रतिद्वन्दी  नेकपा माओवादी केन्द्रका रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गरेका छन्।  

नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो। १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एउटा वडा जितेको छ। कांग्रेसबाट वडा नं. १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन्।

एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन्। वडा नं. २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×