जान्ह्वी कपुरले ४४ करोडमा बेचिन् राजकुमार रावलाई आफ्नो ट्रिपलेक्स अपार्टमेन्ट

काठमाडौँ - बलिवुड अभिनेता राजकुमार रावले मुम्बईमा घर किन्ने सपना पूरा गरेका छन्। उनले हालै मुम्बईमा शानदार अपार्टमेन्ट खरिद गरेर आफ्नो सपना पूरा गरेका हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले मुम्बईको जुहुमा रहेको अपार्टमेन्ट ४४ करोड भारतीय रुपैयामा खरिद गरेका छन्। राजकुमारले भारतीय अभिनेत्री जान्ह्वी कपुरसँग उक्त अपार्टमेन्ट किनेका हुन्। उक्त अपार्टमेन्ट ३ हजार ४५६ स्क्वायर फिटमा फैलिएको छ। यसको मूल्य १ लाख २७ हजार प्रतिस्क्वायर फिट परेको छ।

यो भारतको सबैभन्दा महँगो डिल मध्येको एक भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। राजकुमार र जान्ह्वीले फिल्म ‘रुही’मा सँगै काम गरिसकेका छन्। उक्त फिल्मको उनीहरू ‘केमेस्ट्री’ जमेको देखिएको थियो।

अपार्टमेन्ट किनेपछि आफू निकै खुशी भएको राजकुमारले प्रतिक्रिया दिएका छन्। जान्ह्वीलाई पनि अपार्टमेन्ट बेचेर ५ करोड फाइदा भएको छ।

जान्ह्वीले उक्त अपार्टमेन्ट २ वर्ष पहिले किनेकी थिइन्। उनले २०२० डिसेम्बरमा उक्त अपार्टमेन्ट ३९ करोड भारतीय रुपैयाँमा खरिद गरेकी थिइन्। उक्त अपार्टमेन्ट बलिवुडका चर्चित निर्माता आनन्द पण्डितले बनाएका थिए.

उक्त बिल्डिङलाई ‘लोटस आर्या’ भनेर चिनिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×