तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस

काठमाडौँ - काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए। यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम् प्रतिद्वन्द्वी  एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोखरेलले बताए। यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गरेका छन्।

कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो। खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×