दिपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्ने घोषणा

काठमाडौँ - फिल्म ‘के घर के डेरा’को घोषणा भएको छ। दिपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मको काठमाडौँमा आयोजित कार्यक्रमबीच घोषणा गरिएको हो।

कमेडी तथा सोसल जनरामा निर्माण हुने फिल्ममा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ। कोरोना महामारीअघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएको थियो। तर हाल निर्देशक र कलाकार परिवर्तन गरिएको छ। वैशाख तेस्रो सातादेखि सुरु हुने फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकाभित्रै गरिनेछ।

खनालले ‘झोले’ मा दयाहाङ, ‘पशुपति प्रसाद’मा विपीन र ‘चंगा चेट’ मा रवीन्द्रसँग सहकार्य गरिसकेका छन्। फेरि तीनै जनासँग काम गर्न पाउँदा उत्साहित रहेको दिपेन्द्रले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×