मेसीले गरे लिग वानमा दोस्रो गोल

काठमाडौँ- लियोनल मेसीले फ्रेन्च लिग वानमा आफ्नो दोस्रो गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेनले डिफेन्डिङ च्याम्पियन लिलीलाई ५-१ ले हराउँदै शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ।

इभो ग्रिब्कको क्रसमा ड्यानिलो परेराले गोल गरेपछि खेलको १० औं मिनेटमा पीएसजीले अग्रता लिएको थियो। तर हेटेम बेन अर्फाको क्रसमा लिलेले स्वेन बोटम्यानको हाफ भलीमार्फत खेलको २८ औं मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो।

खेलको  ३२ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले मेसीको पासमा क्लोज रेन्जबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको ३८ औं मेसीले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३-१ को स्थितिमा पुर्‍याए।

दोस्रो हाफको ५१ औं मिनेटमा ड्यानिलोले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४- १ मा पुर्‍याए।  ६७ औं मिनेटमा केलियन एम्बाप्पेले टोलीका लागि पाँचौं गोल गरे। यसपछि खेलमा गोल भएन र पिएसजीले ५-१ को सानदार जित निकाल्यो। 


बार्सिलोनाबाट यसै सिजन क्लव भित्रिएका ३४ वर्षीय मेसीले पीएसजीका लागि १३ खेलमा दुई वटा लिग गोल गरेका छन्। यसअघि नोभेम्बरमा नान्टेसविरूद्ध पहिलो लिग गोल गरेका थिए। यता च्याम्पियन्स लिगमा उनले पाँच खेलमा पाँच गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×