पूर्व गोलरक्षक चौबे भारतीय फुटबलको नयाँ अध्यक्ष

काठमाडौँ - कल्याण चौबे अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) को अध्यक्षमा शुक्रबार निर्वाचित भएका छन्।

४५ वर्षीय चौबेले अध्यक्षका अर्का प्रतिद्वन्दी पूर्व भारतीय कप्तान भाइचुङ भुटियालाई पराजित गरेका हुन्। कुल ३४ मध्ये चौबेले ३३ भोट पाउँदा भुटियाको पक्षमा एक मत खसेको थियो।

पूर्व अध्यक्ष प्रफुट पटेल सन् २००९ देखि अध्यक्षमा थिए।  त्यसयता भारतले नयाँ अध्यक्ष पाएको हो।

गत साता तेस्रो पक्षले हस्तक्षेप गरेको भन्दै फिफाले भारतलाई निलम्बन  गरेको थियो। चुनाव हुने भएसँगै हाल भने प्रतिबन्ध फुकुवा भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×