डिबालाले विश्वकप गुमाउने सम्भावना

काठमाडौँ - इटालियन क्लब रोमाका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले कतारमा हुने फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ। इटालियन सिरी ‘ए’ अन्तर्गत गएराति लिसविरुद्धको खेलमा घाइते भएपछि डिबालाले विश्वकप गुमाउने सम्भावना बढेको हो।

रोमाले लिसविरुद्ध २-१ को जित निकाल्दा डिबाला गम्भीर घाइते भएका हुन्। उनले ४८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

तर, मांसपेशीमा समस्या देखिएपछि ५० औं मिनेटमा उनी मैदान छाड्न बाध्य बनेका थिए। रोमाका मुख्य प्रशिक्षक जोसे मौरिन्होले उनी विश्वकपअघि मैदान फर्कने सम्भावना कम रहेको बताएका छन्।

‘म भन्छु डिबालालाई नराम्रो छ। दुर्भाग्यवश यो खबर यती खराब छ की उनी विश्वकपअघि मैदान फर्कने सम्भावन न्युन छ’, मौरिन्होले भने।

यो विश्वकप आगामी २० नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुँदैछ। अर्जेन्टिना कतार विश्वकपकमा साउदी अरविया, मेक्सिको र पोल्याण्डसँगै समूह ‘सी’मा रहेको छ। उसले २२ नोभेम्बरमा साउदी अरेवियासँगको खेलमार्फत विश्वकपको सुरुवात गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×