देशमा राजनीतिक रुपमा अन्योलता बढ्यो: ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश राजनीतिक अराजकतातर्फ बढेको बताएका छन् । सरकारबाट एमाले बाहिरिएपछि मुलुक अराजक र अशान्ततर्फ अग्रसर भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमाले सरकारलाई देशी, विदेशी तत्वले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रुपमा अन्योलतातर्फ गएको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मुलुकमा राजनीतिक माग होइन, बेग्लै प्रकारका क्रियाकलाप भइरहेका छन् । हाम्रो पार्टी सरकारमा रहँदा असाधारण ढंगले विकास र समृद्धितर्फ अघि बढेको देख्न नसकेर हामीलाई सरकारबाट हटाइयो ।’

मिसन ८४ बाट एमाले एकल बहुमतले सरकारमा जान आफूहरु रणनीतिक रुपमा अघि बढेको बताउँदै उनले भने, ‘मिसन ८४ कै लागि यो संकल्प यात्रा अघि सारिएको हो ।’ उनले पश्चिमबाट पूर्व आउँदा समस्याहरुको पहिचान गर्न सकिएको भन्दै बताउँदै संकल्प यात्रा फलदायी भएको समेत बताए । यात्राका क्रममा जनताले दिएको सुझाव र सल्लाहबाट पार्टी अघि बढ्ने उनको भनाइ थियो । यात्राका क्रममा बिहीबार टोली भोजपुर, धनकुटा हुँदै तेह्रथुमको बसन्तपुर पुगेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×