मङ्सिरभित्र मेलम्चीको पानी

काठमाडौँ - सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ। ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालिएको अन्दाज लगाउन मुस्किल नभए पनि वर्षाको समयमा मेलम्ची नदीमा बाढी आउन सक्ने र प्राकृतिक विपत्तिका कारण मेलम्ची खानेपानी आयोजनामा हुन सक्ने ठुलो वित्तीय नोक्सानी रोक्नका लागि यसअघि पनि खानेपानी बन्द गरिएको थियो।

तर, खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा-धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको छ। मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौँ उपत्यकामा वितरण सुरु भएको भएको थियो। तर २०७८ असार १ गते  मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो। प्राकृतिक विपत्तिबाट आयोजनामा हुन सक्ने क्षति जोगाउन भन्दै गत १७ जेठ मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरिएको हो। 
कारोबार दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×