काठमाडौँ - गायक दिनेश गौतम आफ्नो नयाँ गीत जुनकिरीमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। राम कुमार इलानको शब्द तथा जोसेफ शाही ठकुरीको संगीत निर्देशनको उक्त गीतमा एस के बच्चनको संगीत संयोजन रहेको छ।
यो गीतको भिडियोलाई प्रिन्स डेनिलले निर्देशन गरेका हुन्। भिडियोमा सुरेन्द्र केसी मुलाको साग, शारदा गिरी, विष्णु सापकोटा, रामचन्द्र अधिकारी, निशा खातुन, अमित ठाकुर, कृष्ण कान्त ठाकुर आदि कलाकारले अभिनय रहेको छ।
रबिन्द्र बरालको छायांकनको यो भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन्।