राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर बालेन र सुनिताले दिए शुभकामना

काठमाडौँ - काठमाडौँ महानगरपालकाका मेयर बालेन शाह र उप-मेयर सुनिता डंगोलले महिला राष्ट्रिय फुटबल टोलीलाई साफ च्याम्पियनसिपमा सफलताको शुभकामना दिएका छन्।

मेयर शाह र उपमेयर डंगोल टोलीका खेलाडीलाई शुभकामना दिन शुक्रबार बिहान टोली बसेको होटल पुगेका थिए। ‘मेयर र उपमेयर बिहान साढे ८ बजेको आसपासमा होटल आएकका थिए,’ राष्ट्रिय टोलीकी व्यवस्थापक विन्द्रा देवानले भनिन्, यसपटक च्याम्पियन बन्नुपर्छ भनेर शुभकामना दिएका छन्। सिनियर खेलाडीहरुसँग केहि समय कुराकानी गरेका थिए। उनिहरुको शुभकामनाले टोलीको हौसला थप बढ्नेछ।’

दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा साफ च्याम्पियनसिपको छैटौं संस्करण दशरथ रंगशालामा जारी छ। च्याम्पियनसिपमा नेपालसँगै भारत र बंगलादेशले विजयी सुरुवात गरेका छन्। भदौ २१ गते भएको उद्घाटन खेल नेपालले भुटानलाई ४-० ले हराएको थियो। सो खेल हेर्न मेयर शाह र उपमेयर डंगोल पनि रंगशाला पुगेका थिए। समूह बीमा रहेको नेपालले अर्को खेल भदौ २७ गते श्रीलंकासँग खेल्नेछ। अर्को समूहमा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन्।

चौथोबाहेक सबै संस्करणको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो। सन् २०१६ मा भएको चौथो संस्करणमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। नेपाल अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन। भारत पाँचै संस्करणको च्याम्पियन हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×