काठमाडौँ - इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन साउथहम्पटनसँग पराजित भएको छ। गएराती सम्पन्न खेलमा साउथहम्पटनले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो।
साउथहम्पटनको जितमा स्टुअर्ट आर्म्सटङ र शेन लंगले एक एक गोल गरेका थिए। एभर्टनको प्रिमियर लिगका पछिल्ला ६ खेलमा पाँचौ हार हो। यस सिजनमा २३ खेलमा एभर्टन १३ खेलमा हार बेहोरेको छ भने ६ खेलमा जित र ४ बराबरीसहित २२ अंक छ र लिगमा १६औं स्थानमा रहेको छ।
त्यसैगरी साउथहम्पटनको यो जितपछि २५ खेलमा ३२ अंक छ र लिगमा १०औं स्थानमा रहेको छ।