प्रीति कार्कीको शब्द रचनामा फूलको चोट बोलको गीत सार्वजनिक

काठमाडौँ - प्रीति कार्कीको शब्द रचनामा रहेको फूलको चोट बोलको गीत सार्वजनिक भएको छ। चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत प्रीति कार्की युट्युब च्यानलमा सार्वजनिक भएको हो।

गीतमा राजेन्द्र बजगाँइको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। माइकलले गीतको मर्म अनुसार भिडियोलाई मर्मस्पर्शी बनाएका छन्। भिडियोमा सुधीर श्रेष्ठ, आश्मा गिरी र प्रीति कार्कीको अभिनय रहेको छ।

शीलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ। पेशाले वकालत क्षेत्रमा आबद्ध कार्कीले गीत, संगीत र कला क्षेत्रका साथै साहित्य क्षेत्रमा पनि कलम चलाउँदै आएकी छिन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×