अंग्रेजी नयाँ वर्षसँगै ‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट सुरु हुने

काठमाडौँ - २१ वर्षअघिको चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ। यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले जानकारी दिइन्।

निर्देशक तथा अभिनेता उत्तम प्रधान र अध्यक्ष शर्माबीच ‘दर्पणछायाँ ३’ को छायांकनका विषयमा छलफल भएको छ। ‘दर्पणछायाँ’मा प्रमुख भूमिकामा देखिएका उत्तमले तेस्रो शृंखलामा अभिनयका साथै निर्देशन समेत गर्दैछन्।

फिल्ममा उत्तमसहित दिलीप रायमाझी र निरुता सिंह प्रमुख भूमिकामा हुनेछन्। अधिकांश कलाकार सिक्किमबाट लिने उत्तमले यसअघि नै जानकारी दिइसकेका छन्। यसअघि निरुता र उत्तम दुवैले फिल्मको छायांकन जतिसक्दो चाँडो गर्नेतर्फ आफूहरु जुटेको बताएका थिए।

दर्पणछायाँका अघिल्ला २ शृंखलाको निर्देशन तुलसी घिमिरेले गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×