बराबरीमा रोकिए क्रोएसिया र मोरोक्को

काठमाडौँ - फिफा विश्वकप अन्तर्गत हिजो सम्पन्न समूह 'एफ' को खेलमा क्रोएसिया र मोरोक्को बराबरीमा रोकिएका छन्। विश्वकपको साविक उपविजेता क्रोएसिया मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएका हुन्।

क्रोएसिया आक्रमणमा कमजोर देखिँदा सानदार प्रदर्शन गरेको मोरोक्कोले बनाएको अवसरमा चुकेको थियो। फीफा वरीयतामा १२ औं स्थानमा रहेको क्रोएसियाले अपेक्षाकृत रुपमा बलमा धेरै समय पकड बनाए पनि पछिल्लो ३ वर्षमा ४० खेल खेल्दा २ पराजयमात्र व्यहोरेको मोरोक्कोमाथि हावि हुन भने सकेन।

क्रोएसियाले अर्को खेलमा आइतवार क्यानडासँग र मोरोक्कोले बेल्जियमसँग खेल्ने छ। समूह 'एफ'मा क्यानडा, मोरोक्को, बेल्जियम र क्रोएसिया रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×