नेपाली चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास

काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र  ‘चपली हाइट ३’ सेन्सर पास भएको छ। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्रले ‘पीजी’ सर्टिफिकेट पाएको छ। क्राइम थ्रिलर विधामा आधारित चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको वितरण कार्य स्टेसन फाइभले काठमाडौँमा र एफडी कम्पनीले काठमाडौँ बाहिर गर्नेछ। चलचित्र पुस २ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा आकाश बरालको कथा तथा संवाद रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×