पद्मसम्भवको तपोभूमिमा गुम्बा

काठमाडाैं । गुरु पद्मसम्भवले ध्यान गर्नुभएको ऐतिहासिक तपोभूमि काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर–८ टेकानपुरमा धार्मिक पर्यटन प्रवद्र्धनका उद्देश्यले ‘उग्येन पेज्युङ डुब्देलिङ’ गुम्बा निर्माण भएको छ । करिब दुई हजार एक सय मिटर उचाइमा रहेको तेमाल क्षेत्र पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा स्थापित छ ।

धार्मिक पर्यटन तथा बौद्ध दर्शन, संस्कृतिको संरक्षणका लागि निर्माण गरिएको उक्त गुम्बाका भित्तामा बौद्ध दर्शन प्रवद्र्धनका लागि योगदान दिने धार्मिक गुरु र अन्य पात्रका साथै तामाङ पहिचानसँग जोडिएका ऐतिहासिक विषय वस्तुको पनि अध्ययन गर्न पाइनेछ ।

स्थानीय च्याम्पु पाख्रिन र गुञ्जमान दोङले दुई रोपनी १५ आना जग्गा दान दिएर गत वर्ष २०७७ पुस २० देखि निर्माण कार्य सुरु भएको गुम्बाको मुख्य भवन निर्माण सकिएको हो ।

उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतमान लामा दोङका अनुसार गुम्बामा राखिने मूर्ति बनाउन भुटानबाट टोली नेपाल आइपुगेको छ । मूर्तिकारहरूले आइतबारदेखि बौद्ध धर्म, दर्शन संस्कृतिसँग सम्बन्धित मूर्ति बनाउने कार्य थाल्ने उनले बताए। गोरखापत्र दैनिकमा शिवा तामाङले खबर लेखेकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×