जाल्पा लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन

काठमाडौँ- जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन परेको छ। सो आईपीओमा एक मिनेटमा करिव तीन हजारले आवेदन दिएको पाइएको छ। सीडीएस एन्ड क्लिएरिङ लिमिटेड (सडीएसी)का अनुसार शुक्रबारदेखि आवेदन खुला भएको यो आईपीओमा आधा घण्टामा ८० हजारसम्मले आवेदन दिएका छन्।

शुक्रबार सीडीएसीले तयार पारेको मेरो सेयरको सिस्टम नखुलेर कतिपयले आईपीओमा आवेदन दिन पाएनन्। विशेष गरी गाउँमा डाटा लिएर आईपीओ भनेहरूलाई मार परेको छ। डाटा प्रयोग गरी आईपीओ भर्दै आएका काभ्रेका केशव सत्यालले आईपीओ भर्न समस्या पेरेको जानकारी दिए। उनले सधैँ मोबाइबाट डाटा लिएर आईपीओ भर्दैै आएका छन्।

अरू बेला डाटाबाटै आईपीओमा आवेदन दिँदा सहज रूपमा आवेदन दिन सकिने भए पनि योपटक उनलाई समस्या परेको छ। ‘लामो समयपछि खुलेको आईपीओमा आवेदन दिन डाटा प्रयोग गर्दा डाटा सकियो आईपीओमा आवेदन दिन सकिएन्। यो कस्तो सिस्टम हो? जति प्रयास गर्दा पनि सहज रूपमा मेरो सेयरको वेबसाइट खुल्दैन। पहिले पनि यस्ता समस्या त आउने गरेका थिए। तर, यो पटकको आईपीओ भर्दा सारै नै दुःख पाइयो। डाटा सकियो आवेदन दिन सकिएन,’ उनले भने।

त्यस्तै, कहिलेकाहीँ बैंकमा पैसा नभई आवेदन दिँदा पछि रिजेक्ट आउने गरेकोमा पनि उनको गुनासो छ। यो व्यवस्थामा सूचना तत्कालै थाहा हुनुपर्ने उनको भनाइ छ। सरकारी कामकाजमा प्रयोग भएका सरबर कम क्षमताका हुुने भएकाले सहज रूपमा आफ्नो आवश्यकताअनुसारको काम नभएको उनको गुनासो छ। त्यस्तै, दोस्रो बजारमा धितो राखिने पैसाको औचित्य नभएको उनको भनाई छ। यसलाई सेयर किन्नेबित्तिकै बैंकबाट नै पैसा काट्ने व्यवस्था गरिदिए सबैलाई सहज हुने उनले बताए।

तर, सरबरको क्षमता जतिले आवेदन दिए पनि धान्न सक्ने रहेको आचार्य बताउँछन्। ‘अहिले धेरैले एकैपटक आवेदन दिँदा समस्या आयो होला। हाम्रो सिस्टमको क्षमता जतिले आवेदन दिए पनि धान्न सक्ने छ,’ उनले भने।

पछिल्लो समय डिम्याट खाता खोल्ने संख्या बढेसँगै आईपीओ भर्नेको संख्यामा पनि चाप बढेको छ। सीडीएससीका अनुसार माघ २० गतेको तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ४८ लाख ३० हजार ४सय ७५ पुगेको छ। करिब ६ महिना पछि खुलेको साधारण सेयर (आईपीओ)मा सर्वसाधारणको आकर्षण देखिएको हो। सेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार साझ ६ बजेसम्म करिब ६ लाख आवेदकहरूबाट ८३ करोड १२ लाख रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता सेयरका लागि आवेदन परेको छ। यो माग गरिएको आवेदन भन्दा १५ गुणा बढी हो।

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निस्कासन गरेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १ सय कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ। आईपीओ निस्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। राजधानीदैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×