काठमाडौँ - एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी महिला टी-२० च्याम्पियनसिप यही जुन १७ (असार ३ गते) देखि मलेसियामा हुने भएको छ। एसीसीले बुधबार प्रतियोगिताको मिति र खेल्ने टिमसहित खेलतालिका पनि सार्वजनिक गरेको छ। जसमा आयोजक नेपालसहित ८ राष्ट्रले खेल्नेछन ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा रहेका छन्। यस्तै युएई,मलेसिया, ओमान, कतार र सिंगापुर एक समुहमा छन्।
नेपालले आफ्नो पहिलो खेल भुटानसँग जुन १७ मा युएसडी युकेएम ओभलमा खेल्नेछ। यस्तै कुवेतसँग जुन १८, बहराइनसँग जुन २० र हङकङसँग जुन २१ मा खेल्नेछ।
दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनलको दुवै खेल जुन २४ मा हुनेछ भने फाइनल खेल जुन २५ मा हुनेछ।