कतार विश्वकपमा एक टोलीले २६ खेलाडी राख्न पाउने

काठमाडौँ - कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा हरेक टोलीले २६ खेलाडी राख्न पाउने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा एक टोलीमा २६ खेलाडी राख्न दिने निर्णय गरेको हो।

यसअघि एक टोलीमा २३ खेलाडी मात्र राख्न पाइने नियम थियो। कोरोना महामारीपछि फिफाले २६ खेलाडी राख्ने अनुमति दिएको छ।

युरोकप २०२० समेत एक टोलीमा २६ खेलाडी राखिएको थियो। ​कतार विश्वकप आगामी २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुनेछ।

कतार विश्वकपको उद्घाटन खेलमा नेदरल्याण्ड्स र सेनेगल प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल अल तुमामा स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×