ओलीलाई अर्थमन्त्रीको जवाफ : बजेट माओवादीतिर होइन, जनतातिर ढल्केको छ

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् । आज (बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महसुस भयो भन्ने प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेका थिए । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए । उनले नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आए पनि यथार्थमा त्यस्तो नभएको बताए ।

उनले भने, ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्लकेको भन्ने टिप्पणी छन् । यथार्थ होइन । मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ ।’ उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी गरे । मन्त्री पुनले हरेक तीन वर्षमा कर्मचारीहरुको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×