म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग स्तब्ध

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चौथो हार भोगेको छ। आइतबार राति भएको खेलमा एस्टन भिल्लासँग युनाइटेड ३-१ ले पराजित भएको हो।

घरेलु टोलीले युनाइटेडलाई आफ्नो मैदानमा १९९५ पछि पराजित गर्न सफल भएको हो। सुरुवाती  ११ मिनेटभित्र २ गोल गरेको भिल्लाले सातौँ मिनेटमा नै लिओन बेलीको गोलमा अग्रता लिएको थियो। ११ औँ मिनेटमा लुकास डिग्नेले सानदार फ्रिकिक गोल गर्दा युनाइटेड सुरुमा नै दबाबमा परेको थियो।

तर पहिलो हाफको अन्त्यतिर लुक शाले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि दोस्रो हाफमा युनाइटेडले थप एक गोल खाएको थियो। ओली वाटकिन्सको पासमा राम्सीले गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

स्टिभन जेरार्डलाई बर्खास्त गरेपछि पहिलो पटक भिल्लाको प्रशिक्षण समाले एमेरीले लिगमा सुखद सुरुवात गरेका छन्। जितसँगै टोलीले रेलिगेसन क्षेत्र छाड्दै १३ औँ स्थानमा उक्लिएको छ। भिल्लाको १४ खेलमा १५ अंक रहेको छ। युनाइटेड १३ खेलमा २३ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×