आजबाट ‘लप्पन छप्पन–२’ र  'द ब्याटम्यान' सिनेमाघरमा

काठमाडौँ। नेपाली चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट प्रदर्शनमा आएको छ। मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ। खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रमा पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको रहेको छ। गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा बनेको चलचित्रका कार्यकारी निर्माता सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन् भने  चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन्।

त्यसैगरि आजबाट हलिउड चलचित्र  'द ब्याटम्यान' पनि आजबाट प्रदर्शनमा आएको छ। म्याट रिब्सको निर्देशनमा बनेको चलचित्रमा अभिनेता रोबर्ट प्याटिन्सन मुख्य भूमिकामा रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×