इन्डोनेसियामा रोहितलाई समर्थकको भव्य स्वागत

काठमाडौँ - पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन्। बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए। यस्तै मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए। 

यसअघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी पुगेका थिए। त्यसयता उनी पहिलो पटक इन्डोनेसिया पुगेका हुन्। सन् २०१७ मा दोस्रोपटक पर्सिजासँग अनुबन्ध भएका रोहितले क्लबबाट चार उपाधि जित्दै कुल १ सय ४५ खेल खेलेका थिए। जसमा १० गोल गरेर ११ गोलमा एसिस्ट प्रदान गरेका थिए।

रोहितको उत्कृष्ट प्रदर्शनको मद्दतमा पर्सिजाले सन् २०१८ मा लिगको उपाधि पनि उचालेको थियो। उक्त सिजन रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। रोहितसँग क्लबले १ वर्षको लागि सम्झौता गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×