राजनीतिक संलग्नताको आरोपमा शिक्षकलाई कारवाही गरे संगठित प्रतिकार गर्ने घोषणा

काठमाडौं । पेशागत महासंघ नेपालले राजनीतिक संलग्नताको आरोपमा शिक्षकहरुमाथि कारवाही भए संगठित प्रतिकारमा उत्रने चेतावनी दिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको कारवाही गर्ने अभिव्यक्तिले शिक्षकहरुमा आतंक छाएको भन्दै महासंघले शुक्रवार पत्रकार सम्मेलनमार्फत पूर्वाग्रह राखेर शिक्षकहरुमाथि कारवाही भए देशभर संगठित प्रतिकार गर्ने चेतावनी दिएको हो ।

‘जनतालाई चेतना र जागरणको उर्जा संचार गर्ने, जनताको हक र अधिकार प्राप्तिको आन्दोलनमा बौद्धिक नेतृत्व प्रदान गर्ने शिक्षक वर्गलाई राजनीतिक संलग्नताको आरोप लगाउँदै कारवाहीको आतंक सिर्जना गर्ने माननीय सुमना श्रेष्ठको अभिव्यक्ति र व्यबहारको यो बैठक भर्त्सना गर्दछ’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘त्यस किसिमको अभिव्यक्ति र कार्वाहीलाई संगठित रुपमा प्रतिकार गर्ने र शिक्षण पेशाप्रति अझ थप निष्ठा र ईमान्दारिताका साथ प्रस्तुत हुने । शिक्षकहरुको आत्मसम्मान कदर गर्न र मनोवल उच्च राख्न यस किसिमका गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन यो बैठक शिक्षा मन्त्रीलाई आग्रह गर्दछ, साथै सबै राजनीतिक दलहरुलाई उपरोक्त विषयमा गम्भीर रहन ध्यानाकर्षण समेत गर्दछौं ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×