संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाका नाममा भएको मानवतस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

रास्वपा सांसद् शिशिर खनालले गृहमन्त्री र उनको सचिवालय मुछिएको यो प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तरगत छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे ।

उनले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् । यही प्रकरणमा गृहमन्त्रीको सचिवालय पनि संलग्न भएको भन्दै मन्त्री रमेश लेखकको समेत राजीनामा माग गरिएको हो ।

यसअघि रास्वपा, माओवादी र कांग्रेसकै केही नेताहरुले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×