कति कमायो एक हप्तामा ‘दयारानी’ले ?

काठमाडौं । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको ‘दयारानी’ले नेपाली वक्सअफिसमा उत्साह संचार गरेको छ। सिनेमाको शुक्रबार र शनिबार वक्सअफिसमा कारोबार उत्साहजनक भएको जानकारी सिनेमाका वितरकले दिएका छन्।

सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठका अनुसार शुक्रबार सिनेमाले शुक्रबार मध्यान्हबाट मोफसलमा ८० प्रतिशतको अकुपेन्सी कायम गरेको थियो भने राजधानीमा ५० % माथिको अकुपेन्सी गरेको छ। यस्तै रिलिजको दोश्रो दिन शनिबार शुक्रबारभन्दा अझ राम्रो कारोबार गरेको बताए।

उनले सिनेमाको सुखद कारोबारले ‘दयारानी’ले केही स्टेशनहरुमा शोहरु थप भएको जानकारी दिए।
माओत्से गुरुङको निर्देशकिय डेब्यू सिनेमाले सिनेमाको प्रमूख पुरुष पात्रले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाउँदाको सामाजिक र पारिवारिक अवस्था र त्यसले निम्त्याउने परिस्थितिमा आफ्नो कथा पेस गरेको छ।
सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ।

उनीहरुका अलावा सिनेमामा नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल आदिको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×