रियालले युभेन्टसलाई हरायो

काठमाडौँ - स्पेनिस ला लिगा विजेता रियाल मड्रिडले आइतबार बिहान सिजनपूर्वको मैत्रीपूर्ण खेलमा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसलाई २-० ले हराएको छ।

अमेरिका भ्रमणमा रहेको रियालले क्यालिफोर्नियाको रोज बल रंगशालामा १९औँ मिनेटमा अग्रता लिएको थियो। करिम बेन्जेमाले पेनाल्टीमा गरेको गोलबाट रियालले अग्रता लिएको हो। युभेन्टसका ड्यानिलोले भिनिसियस जुनियरलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको थियो।

६९औँ मिनेटमा मार्को असेन्सियोले अर्को गोल थपेपछि रियालले सहज जित दर्ता गरेको हो। अमेरिका भ्रमणका क्रममा रियाल मड्रिडले यसअघि मेक्सिकोको सीएफ अमेरिकासँग २-२ को बराबरी खेलेको थियो। त्यसअघि, रियाल ला लिगाकै रिरप्रतिद्वन्द्वी बार्सिलोनासँग १-० ले पराजित भएको थियो.

युभेन्टसले पनि अमेरिकामा बार्सिलोनासँग २-२ को बराबरी खेलेको थियो। युभेन्टसले अब ला लिगाकै अर्को क्लब एट्लेटिको मिड्रडसँग मैत्रीपूर्ण खेल खेल्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×