लिटमस केबलले गर्‍यो नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

काठमाडौँ- लिटमस केबलले २६ वैशाखसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा जारी रहेको नेपाल र जिम्बावे ‘ए’बीचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ।

रमेश कर्पोरेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले राष्ट्रिय टिमसँगको सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत् उद्योग प्रालि नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोस्र्ड उत्पादन कम्पनी हो। यस कम्पनीले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरी लिटमस केबल्स ब्रान्डअन्तर्गत उच्चगुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×