युनाइटेडको प्रशिक्षणको पहिलो सत्रमा अनुपस्थित रहे रोनाल्डो

काठमाडौँ - पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षणको पहिलो सत्रमा अनुपस्थित रहेका छन्।

युनाइटेड छोड्ने आफ्नो इच्छाको बारेमा जानकारी दिएका रोनाल्डोले पारिवारिक कारणलाई उद्धृत गर्दै नयाँ सिजनको लागि शुरु भएको पहिलो प्रशिक्षण सत्रमा उपस्थित हुन नसकेको बताएका छन्।

रोनाल्डो लगातार दोस्रो समरमा नयाँ टोलीको खोजीमा छन्। गत सिजन इटालियन क्लब युभेन्ट्स छोडेर युनाइटेड फर्किएका थिए। उनी फेरि यो समर ट्रान्सफरमा सर्ने सम्भावना छ। तर, उनको विकल्प धेरै छैन। युनाइटेडमा उनको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ।

युनाइटेडले नयाँ सिजनको लागि सोमबारदेखि औपचारिक रुपमा प्रशिक्षण थालेको छ। त्यसपछि युनाइटेड प्रि-सिजनका लागि थाइल्याण्ड र अष्ट्रेलियामा जानेछन्। उनी प्रि-सिजनको प्रशिक्षणमा कहिलेदेखि सामेल हुनेछ भन्न सकिने अवस्था छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×