माल्दिभ्समा अभिनेता अर्जुन कपुर र मलाइका अरोडाको भ्याकेसन प्रेम

काठमाडौँ। बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोडाको बारम्बार सँगै बिदा मनाएर, विभिन्न ठाउँबाट तस्वीर तथा भिडियो सामाजिक सन्जालमा राखेर चर्चा पनि कमाइरहेका छन्। त्यसो त केहीअघि यी दुईको विवाहको चर्चा पनि निकै चुलिएको थियो। तर, उनीहरु दुवैले आफूहरुले कहिले विवाह गर्ने भन्नेबारे खुलाएका छैनन्।

यहीबीच अभिनेता अर्जुन कपुरले राखेको एउटा भिडियो र तस्वीर सामाजिक सन्जालमा सबैको ध्यान तान्न सफल भएको छ। तस्वीर र भिडियो चाहिँ माल्दिभ्सको हो। त्यहाँ यी दुईले पछिल्लो समय भ्याकेसन इन्जोय गरिरहेका छन्। उनीहरुले भ्याकेसन इन्जोय गरेको भए पनि भारतमा मिडिया तथा बलिउडका प्रशंसकहरु चाहिँ उनीहरुको प्रेम छताछुल्ला भएको भन्दै कमेन्ट गरिरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×